समाचार Archives | Page 7505 of 7856 | Khabarhub Khabarhub

इटालियन सिरी ‘ए’ फुटबल– मिलानको संघर्षपूर्ण जीत

एजेन्सी–इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले जित निकालेको छ । बिहिबार राति भएको खेलमा मिलानले एसपीएलमाथि १-० को साँघुरो जीत निकालेको हो । घरेलु मैदानमा मिलानलाई जित दिलाउन सुसोले निर्णायक गोल गरे । जितसँगै मिलानले १० खेलमा १३ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ । एसपीएल १० खेलमा ७ अंक जोडेको छ ।