Live on
Your Voice, Your Power
धनुषा- हंसपुर नगरपालिका-५ कट्टीस्थित सडकमा मधेश प्रदेश ०२-००८ प ४२३५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ कट्टी गाउँ बस्ने ७५ वर्षीया राधा देवी रजकको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।