इनसाइट/स्पेशल « Khabarhub

सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।