Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत क्रोएसियाले माल्टालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा क्रोएसियाले माल्टालाई ३-० गोलले पराजित गरेको हो । क्रोएसियालाई जित दिलाउन इभान पेरिसिच, लुका मोड्रिच र जोसिप ब्रेकालोले एक एक गोल गरे । जितसँगै समूह एचको क्रोएसियाले ३ खेलमा ६ अंक जोडेको छ । क्रोएसिया समूहको शीर्ष स्थानमा रहेको छ…