Live on
Your Voice, Your Power
काठमाडौं – लेखक तथा कूटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ । आइतबार साँझ काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा ८७ वर्षको उमेरमा उनको निधन भएको हो । केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । उनी पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । दक्षिण कोरियाका लागि पूर्वराजदूत समेत रहेका उनी लेखक पनि थिए।