Live on
Your Voice, Your Power
दोहा- कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् । खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारको प्राथमिक स्वास्थ्य सेवा बिभागका प्रबन्ध निर्देशक डा. मरियम अब्दुलमालिकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएकी छन् । साथै अब १० दिन भित्रमा मोडर्ना कम्पनीको कोरोनाविरूद्धको खोप पनि कतार आइपुग्ने जनाइएको छ…