समाचार « Khabarhub

लकडाउन पालन नगर्दा नाइजेरियामा झडप, १८ जनाको मृत्यु

काठमाडौं- कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बिहीबार बताएको छ । नाइजेरियाको ठूलो सहर लागोस र अबुजामा पूर्णरूपमा बन्दाबन्दी भएको छ भने अन्य केही राज्य र शहरमा अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन प्रशासनले नागरिकसँग आग्रह गरेको…