रंगशाला निर्माणका लागि प्रदेश २ बाट उठ्यो २२ लाख « Khabarhub

रंगशाला निर्माणका लागि प्रदेश २ बाट उठ्यो २२ लाख


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख रुपैयाँ संकलन गरिएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनका अनुसार पहिलो चरणमा प्रदेश २ बाट २२ लाख ४० हजार रुपैयाँ संकलन भएको हो । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, प्रदेश २ को संयोजनमा महोत्तरीको बर्दिवासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन गरिएको फाउन्डेसनले जानकारी दियो ।

होटल महासंघका पदाधिकारीहरुले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई २२ लाख ४० हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे ।

तस्वीर – धर्मुस सुन्तली फाउन्डेसन

रंगशाला निर्माणका लागि प्रदेश २ मा खुत्रुके अभियानसमेत थालिएको छ । अभियन्ता धुर्मुसले रुपैयाँ एक हजार खुत्रुकेमा खसालेर अभियानको शुरुवात गरे । उनले सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।

‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछ,’ धुर्मुसले भने, ‘दियोमा तेल तपाईंहरु मिलेर थपिदिनुस् ।’

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठवटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने जानकारी दिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ९ : ४८ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व