मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार प्रयासरत– गृहमन्त्री थापा « Khabarhub

मानव बेचविखन तथा ओसारपसार रोक्न सरकार प्रयासरत– गृहमन्त्री थापा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले प्रयास गरिरहेको बताएका छन् ।

गृहमन्त्री थापाले नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको प्रयास गरिरहेको बताए ।

उनले कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरीलगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसारपसार हुन नदिने काम गरिरहेको बताए ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री थापाले मानव बेचविखन बढदै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको दाबी गरे ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

उनले गरीबी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढदै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागिसमाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोगको आवश्यक्तामा पनि जोड दिइन् ।

मन्त्री थममाया थापाले सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने गरी यस विरुद्धको अभियानलाई राष्ट्रिय दिवसकै रुपमा मनाउने गरिएको पनि स्पष्ट पारिन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ३९ बजे

इन्धनको कृत्रिम अभाव गराउने पेट्रोल पम्पमाथि कारबाही होस् : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पेट्रोलियम

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण