रोकिएन बैंगलोरको पराजय यात्र, दिल्लीको तेस्रो जित « Khabarhub

रोकिएन बैंगलोरको पराजय यात्र, दिल्लीको तेस्रो जित


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने सामेल टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जीत हात पारेको छ ।

दिल्लीले आइतबार बैंगलोरको घरेलु मैदानमा उसलाई ४ विकेटले पराजित गर्दै लिगमा पुनरागमन गरेको हो ।  पछिल्लो खेलहरुमा कमजोर ब्याटिङले हार व्यहोर्दै आएको दिल्लीका लागि कप्तान श्रयस अयरले कप्तानी पारी खेल्दै टोलीलाई जीत दिलाए ।

बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको दिल्लीले १८.५ ओभरमा ६ विकेट गुमाएर १ सय ५२ रन बनाउँदै टिमलाई जित हात पार्‍यो ।

दिल्लीका लागि कप्तान अयरले ६७ रन बनाए । उनले ५० बलमा ८ चौका र २ छक्काको मद्दतमा ६७ रन बनाएका हुन् । यस्तै, दिल्लीका लागि पृथ्वी श्वाले २८ रन, कोलिन इग्रामले २२ रन बनाए भने रिसभ पन्तले १८ रन बनाए ।

दिल्लीविरुद्ध बैंगलोरका बलर नभदीप साइनीले २ विकेट लिए भने पवन नेगि, मोहमम्द सिरज, टिम साउथी, मोईन अलिले समान एक—एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको बैंगलोरले दिल्लीलाई १ सय ५० रनको लक्ष्य दिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको बैंङ्लोरले निर्धारित २० ओभर पुरा खेलेको बैंङ्लोरले ८ विकेट गुमाएर १सय ४९ रन बनाएको थियो ।

दिल्लीका बलर कागिसो रबाडाले उत्कृष्ट बलिङ गरेपनि बैंङ्लोरले १ सय ४९ रन बनाएको थियो । बैंङ्लोरका लागि कप्तान विराट कोहलीले ४१ रन र मोईन अलिले ३२ रन बनाएका थिए ।

अन्य ब्याट्सम्यानहरुमा अक्षदीप नाथले १९, एबि डि भिलियर्सले १७ र मार्कस स्टोनिसले १५ रन बनाएका थिए । बैंङ्लोरविरुद्ध कागिसो रबाडाले ४ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २१ रन खर्चेर एक विकेट लिए । यस्तै, क्रिस मोरिसले २ तथा अक्षर पटेलले एक विकेट लिएका थिए ।

त्यस्तै, नेपाली लेग स्पिनर सन्दीप लामिछाने बैंङ्लोरविरुद्ध महंगा सावित भएका छन् । उनले खेलमा ४ ओभर बलिङ गर्दै ४६ रन खर्चेर १ विकेट लिए भने दिल्लीलाई पहिलो विकेटको सफलता दिलाउन पार्थिव पटेलको क्याच लिएका थिए । जीतसँगै दिल्ली ६ अंकसहित ५ औं स्थानमा उक्लिएको छ भने बैंगलोर पुछारमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ९ : १५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट