फिल्म क्षेत्रमा महिला हिंसा – पुरुषको मात्र दोष छैन « Khabarhub

फिल्म क्षेत्रमा महिला हिंसा – पुरुषको मात्र दोष छैन


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म क्षेत्र त्यति ठूलो छैन । यहाँ कहिलेकाहीँ साना विषय पनि ठूला ‘इस्यु’ बन्छन् । एउटा कलाकारको नाम अर्को कलाकारसँग जोडिनुलाई त फिल्म क्षेत्रको विशेषता नै भन्न सकिने अवस्था छ । यो क्षेत्रमा सङ्घर्ष गर्दै गरेका महिला कलाकारहरुले बेलाबेलामा आफू दुर्व्यवहारमा पर्ने गरेको बताउने गरेका छन् ।

पाँच वर्षदेखि अभिनय क्षेत्रमा काम गरिरहेकी वर्षा शिवाकोटीले भने आफू कहिल्यै पनि दुर्व्यवहारमा नपरेको बताएकी छिन् । साथै उनले महिला कलाकार ‘हिंसा’मा पर्नुमा पुरुषको मात्र दोष नहुने बताइन् ।

‘जुन क्षेत्रमा पनि मान्छेको व्यवहार हेरेर अरुले रेस्पोन्स गर्ने हो जस्तो लाग्छ, यो क्षेत्रमा धेरैपटक दुर्व्यवहार गरेको भन्ने गुनासो पनि सुनेकी छु,’ खबरहबसँगको कुराकानीमा शिवाकोटीले भनिन्, ‘मलाई आजसम्म कुनै पनि फिल्मकर्मीले त्यस्तो व्यवहार गर्नुभएको छैन, मसँग कसैले त्यसरी बोल्ने आँट पनि गर्दैन ।’

यो मेकरबाट हिरोइनलाई यस्तो भयो रे ! भनेर आरोप लगाएको आफूले सुनेको र कतिपय महिला कलाकारलाई फिल्मकर्मीले जिस्काएको आफूले पनि देखेको वर्षाले बताइन् । ‘हामीले ‘सिग्नल’ नदिइकन अरुले त्यसरी दुर्व्यवहार गर्ने आँट गर्दैन, मलाई पुरुषको मात्र दोष हुन्छ भन्ने मलाई लाग्दैन ।’, उनले भनिन् ।

यद्यपि नेपाली फिल्म क्षेत्रमा भने महिलालाई विवादमा तान्ने गरिएको भनेर आरोप आइरहेका हुन्छन् । वर्षाले भने आफूलाई कुनै पनि फिल्मकर्मीले ‘दुर्व्यवहार’ नगरेको दोहोर्‍याइन् । ‘म को हो भन्ने आफैलाई थाहा हुन्छ, कसैले पनि विना सिग्नल त्यसरी हेर्ने आँट गर्दैन ।’ नायिका शिवाकोटीले दाबी गरिन् ।

लामो समय फिल्म क्षेत्रमा काम गरेकी नायिका रेखा थापाले पनि केही समयअघि ‘मीटु अभियान’ का क्रममा आफू दुर्व्यवहारमा नपरेको तर कोही परेको भए खुलेर बोल्नुपर्ने धारणा राखेकी थिइन् । यद्यपि यो क्षेत्रमा आफू दुर्व्यवहारमा परेको भनेर कहिलेकाहीँ महिला कलाकारको गुनासो आइरहने गर्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : २७ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार