सातै प्रदेशको सन्तुलित विकास हुने गरी बजेट ल्याउन कांग्रेसको माग « Khabarhub

सातै प्रदेशको सन्तुलित विकास हुने गरी बजेट ल्याउन कांग्रेसको माग


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशको सन्तुलित विकासलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

संघीय संसदको अर्थ समितिमार्फत कांग्रेसले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारको गम्भिर ध्यानाकर्षण गराएको हो ।

नेपाली काँग्रेसका नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी बजेट नल्याए त्यसले असन्तुष्टि जन्माउने र त्यो विद्रोहको रुपमा परिणत हुने बताए ।

बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले पहुँच र प्रभावको आधारमा नभइ जनताको आवश्यकताको आधारमा प्रतिनिधिसभाको सबै निर्वाचन क्षेत्रमा पनि बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे ।

कांग्रेस नेता कार्कीले सरकारको एक वर्षे कार्यकाल गफमा मात्रै बितेको दावी गर्दै आगामी ४ वर्ष सदुपयोग गरेर अघि बढ्न पनि सुझाव दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका कार्कीले बजेटको प्राथमिकता कार्यान्वयनमा विशेष ध्यान दिन अर्थ मन्त्रालयलाई आग्रह गरे ।

नेता कार्कीले आगामी आर्थिक वर्षको बजेटले गरिबी निवारण, बेरोजगारी समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  १२ : ०४ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि