यु–१९ विश्वकप एसिया छनोट : मलेसियामा अभ्यासरत नेपाली क्रिकेट टोली (फोटो फिचर) « Khabarhub

यु–१९ विश्वकप एसिया छनोट : मलेसियामा अभ्यासरत नेपाली क्रिकेट टोली (फोटो फिचर)


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली युवा टोलीले मंगलबार मलेसियामा दोस्रो दिन अभ्यास गरेको छ ।
राष्ट्रिय टोलीका भरपर्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको नेतृत्वमा टोली मलेसिया पुगेको हो । टोलीले मंगलबार किनरारा मैदानमा आज दोस्रो दिन अभ्यास गरेको हो ।

मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोली गत शनिबार मलेसिया पुगेको थियो ।
नेपालले छनोटको पहिलो खेल सिङ्गापुरसँग अप्रिल १२ मा खेल्ने तालिका छ भने दोस्रो खेल यूएईसँग अप्रिल १३ मा खेल्नेछ ।

यस्तै, अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले चौथो खेलमा ओमानसँग अप्रिल १६ मा खेल्नेछ । त्यस्तै, प्रतियोगिताको अन्तिम खेल कुवेतसँग अप्रिल १८ मा खेल्नेछ । छनोटको विजेता टोलीले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने यु—१९ विश्वकप खेल्नेछ ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ रहेका छन् । यस्तै, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सुर्य तामाङ

वैकल्पिक खेलाडी : आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल

प्रशिक्षक : विनोद दास

टिम म्यानेजर : रमन शिवाकोटी

फिजियो : विक्रम न्यौपाने

तस्वीर – रमन शिवाकोटी

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ५१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर