यु–१९ विश्वकप एसिया छनोट : मलेसियामा अभ्यासरत नेपाली क्रिकेट टोली (फोटो फिचर) « Khabarhub

यु–१९ विश्वकप एसिया छनोट : मलेसियामा अभ्यासरत नेपाली क्रिकेट टोली (फोटो फिचर)


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली युवा टोलीले मंगलबार मलेसियामा दोस्रो दिन अभ्यास गरेको छ ।
राष्ट्रिय टोलीका भरपर्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको नेतृत्वमा टोली मलेसिया पुगेको हो । टोलीले मंगलबार किनरारा मैदानमा आज दोस्रो दिन अभ्यास गरेको हो ।

मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोली गत शनिबार मलेसिया पुगेको थियो ।
नेपालले छनोटको पहिलो खेल सिङ्गापुरसँग अप्रिल १२ मा खेल्ने तालिका छ भने दोस्रो खेल यूएईसँग अप्रिल १३ मा खेल्नेछ ।

यस्तै, अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले चौथो खेलमा ओमानसँग अप्रिल १६ मा खेल्नेछ । त्यस्तै, प्रतियोगिताको अन्तिम खेल कुवेतसँग अप्रिल १८ मा खेल्नेछ । छनोटको विजेता टोलीले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने यु—१९ विश्वकप खेल्नेछ ।

नेपाली टोली

रोहित कुमार पौडेल (कप्तान), अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ रहेका छन् । यस्तै, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा, सुर्य तामाङ

वैकल्पिक खेलाडी : आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल

प्रशिक्षक : विनोद दास

टिम म्यानेजर : रमन शिवाकोटी

फिजियो : विक्रम न्यौपाने

तस्वीर – रमन शिवाकोटी

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ५१ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका