आठौं राष्ट्रिय खेलकुद :  हक्कीमा प्रदेश–२ को विजयी शुरुवात « Khabarhub

आठौं राष्ट्रिय खेलकुद :  हक्कीमा प्रदेश–२ को विजयी शुरुवात


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबारबाट भएको पुरुष हक्की प्रतियोगितामा प्रदेश २ ले विजयी शुरुवात गरेको छ ।

प्रदेश नं. ३ लाई ५—० गोल अन्तरले पराजित गर्दै प्रदेश २ ले विजयी शुरुवात गरेको हो ।  खेल अवधिभर प्रदेश नं. ३ लाई दबाबमा राखेको २ नं. प्रदेशका खेलाडी मनोज शाहले २४ औँ मिनेटमा पहिलो गोल गरे ।

खेलको ३८ औँ मिनेटमा २ नं. प्रदेशका गोविन्द अधिकारीले दोस्रो गोल गरे भने, खेलको ५२ औँ र ५४ औँ मिनेटमा २ नं. प्रदेशका कप्तान हरविन्द्र सिंहले दुई गोल गरे ।

निरन्तर दवावमा राख्दै २ नं. प्रदेशका खेलाडी गोविन्द अधिकारीले ५६ औँ मिनेटमा अर्को गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए । प्रतियोगितामा २ नं. प्रदेशले ६ पेनाल्टी कर्नर पाउँदा ३ नं. प्रदेशले एउटा मात्र पेनाल्टी कर्नर पाएको हक्की खेलका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन प्रदेश नं. ३ का खेलाडीले कुनै गोल गर्न नसके पनि खेलाडीको प्रदर्शन राम्रो भएको प्रशिक्षक आश्विनी अधिकारीले बताएका छन् ।

उनले २ नं. प्रदेशका पूराना र अनुभवी खेलाडीसँग ३ नं. प्रदेशका नयाँ खेलाडीले प्रतिस्पर्धा गर्नलाई आफ्ना खेलाडीका लागि अनुभव भएको बताए ।

उनले प्रतियोगितामा सहभागी सवै खेलाडी नयाँ भएको बताउँदै खेलाडीले सोँचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘खेलाडीको प्रदर्शन माथि खोट लगाउने ठाउँ छैन । नयाँ ठाउँ र पहिलो खेल भएकोले खेलाडी नर्भस भएको जस्तो लाग्यो । खेलाडीको प्रदर्शनबाट म एकदमै सन्तुष्ट छु,’ उनले भने ।

त्यसअघि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको उद्घाटन खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दबाबमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि अंक बाँडिएको छ ।

आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवावमा राखेपनि गोल गर्न सकेन,’ उनले भने ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ५ : ३९ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ