गर्मीकै कारण फ्रान्समा २ महिनामा १५ सयको मृत्यु « Khabarhub

गर्मीकै कारण फ्रान्समा २ महिनामा १५ सयको मृत्यु


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्समा बढेको तापक्रमका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । २ महिनाको अवधिमामात्र फ्रान्समा गर्मीकै कारण झण्डै १५ सय मानिसले ज्यान गुमाएका छन् ।

उखरमाउलो गर्मीका कारण गत जुलाईदेखि जुन महिनामा १ हजार ४ सय ३५ जनाले ज्यान गुमाएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइन्।

समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको बुएजाले बताइन्। गर्मी मौसमका बेला फ्रान्सका विभिन्न शहरमा रेड अलर्ट जारी गरिएको थियो। गर्मीबाट बच्न उक्त समयमा धेरै विद्यालय बन्द गर्नेदेखि लिएर सार्वजनिक सभा समारोहमा रोकसम्म लगाइएको थियो।

गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। जुलाईमा राजधानी पेरिसमा पनि तापमान ४२.६ डिग्री सेल्सियस पुगेको थियो।

स्वास्थ्य मन्त्रालयका अनुसार ५६७ जनाको जुन २४ देखि ७ जुलाईका बीचमा मृत्यु भएको थियो। थप ८६८ जनाको मृत्यु जुलाई २१ देखि २७ मा भएको बताइएको छ। १० जनाको मृत्यु कार्यस्थलमा भएको बताइएको छ।

गर्मीकै कारण सर्वसाधारणको सुविधाका लागि ठूला पार्क र पौडी खेल्नका लागि निर्माण गरिएका पोखरी कतिपय शहरमा खुला राखिएको थियो। प्यारिसका अधिकारीहरूले आपत्‌कालीन टेलिफोन सेवाको व्यवस्था गर्नुका साथै नगरपालिकाको भवनमा चिसिनका लागि ‘कुल रुम’ को समेत व्यवस्था गरेको थियो।

ब्रिटेन, बेल्जियम, जर्मन, लक्जम्बर्ग र नेदरल्याणड लगायतका मुलुकले पनि हालसम्मकै सर्वाधिक गर्मी समय रेकर्ड गरेको बीबीसीले उल्लेख गरेको छ। फ्रान्सबाहेक अन्य मुलुकले भने गर्मीका कारण भएको मृत्युको तथ्याङ्क सार्वजनिक गरेका छैनन्।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ४१ बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु