सरकारका प्रवक्ता बाँस्कोटाले भने– प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन | Khabarhub Khabarhub

सरकारका प्रवक्ता बाँस्कोटाले भने– प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वाँस्कोटाले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको बताएका छन् । विक्री वितरण भएको भनिएको जग्गा प्रधानमन्त्री निवास छेउको रहेको उनको भनाइ छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले बालुवाटारको जग्गा अनुचित ढंगमा व्यक्तिको नाममा लगिएको रहेछ भने त्यसलाई सरकारले नछोड्ने बताए ।

‘सत्तारुढ हुन् वा प्रतिपक्षी हुन्, दोषी देखियो भने कोही पनि उम्कदैंन’ प्रवक्ता बाँस्कोटाले भने, ‘यो राजनीतिको कुरा भन्दा पनि कानूनको कुरा हो, त्यसकारण प्रभावित हुँदैन ।’

सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री बाँस्कोटाले जग्गा खरिद प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल पनि पीडित भएको दाबी गरे ।

‘उहाँ त्यो फर्जी धन्दामा संलग्न भएको होइन नि ! तेस्रो पक्षबाट जग्गा किनेको हुँ भन्नुभएको छ । किन्नेहरु वा जो ठगीमा पर्नुभएको छ उहाँहरु त अपराधी होइन, उहाँ पीडित हुनुभयो । किनकी उहाँले किन्नुभयो जग्गा, तर परेछ नक्कली !’

प्रवक्ता बाँस्कोटाले नक्कली कागजात खडा गरेर जसले उक्त जग्गा निजीकरण गर्‍यो त्यसमाथि कारवाही हुने र त्यो पक्षले पछि किन्नेलाई क्षतिपूर्ति तिर्नुपर्ने दाबी गरे । उक्त जग्गा रोक्का राख्ने निर्णय सरकारले गरेको गरिसकेको र थप अनुसन्धान गर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  २ : २९ बजे

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा