आहा! सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘फोन अफ’ | Khabarhub Khabarhub

आहा! सामुदायिक विद्यालय : भर्नाको दबाब थेग्न नसकेर ‘फोन अफ’


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकांश सामुदायिक विद्यालय विद्यार्थी खोज्दै घरदैलो अभियानमा छन् । तर विराटनगरको एक सामुदायिक विद्यालय भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल नै बन्द गरेर बसेका छन् । पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणाबढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा अगवौ सबै शिक्षकहरु ‘मोवाइल अफ’ गरेर बसेको गोरखापत्र दैनिकमा खबर छ ।

विद्यार्थी भर्नाका लागि उच्च तहका कर्मचारी मात्र होइन, उपल्लो तहका राजनीतिक नेताको समेत दबाब आउन थालेपछि मोबाइल नै अफ गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले बताए । प्रवेश परीक्षा शुरु भएदेखि नतिजा नआएसम्म फोन अफ हुने पनि उनले बताए । विद्यालयले ४०३ नयाँ विद्यार्थीका लागि लिएको आवेदनमा २ हजार ७७ विद्यार्थीले फारम भरेका छन् ।

नेपाली माध्यममा पठनपाठन हुँदै आएको त्यस विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै आएपछि शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै २०७० सालबाट अंग्रेजी माध्यममा पठनपाठन शुरु गरिएको हो । त्यसपछि विद्यालयको गुणस्तर सुध्रिनुका साथै विद्यार्थीको संख्या पनि थेग्नै नसक्ने गरी बढ्न थालेको छ।

७३ स्थान निषेधित क्षेत्र घोषणा शीर्षकको समाचारमा नेपालको उत्तरी सीमाना जोडिएको ताप्लेजुङदेखि दार्चुलासम्मका १३ जिल्लाका ७३ स्थानलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित भएपछि विदेशी पर्यटकले अध्यागमन विभागबाट अनुमति लिएर जान पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै पत्रिकाले नेपाली सेनालाई बहुआयामिक बनाइने, लेखकीय माध्यमबाट वैयक्तिक प्रतिष्ठानमा आँच पुर्‍याउन नमिल्ने लगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  ७ : ०२ बजे

विश्वकप लिग–२ : युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

गाजा शहर – इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको