दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प « Khabarhub

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । यही क्षेत्रमा गत अक्टोबरमा पनि यहाँ शृंखलाबद्ध रुपमा भूकम्प गएका थिए ।

फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ । भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् ।

अमेरिकी भौगर्भिक सर्भेले सुनामीको खतरा भने नरहेको जनाएको छ । प्रारम्भिक अध्ययनमा उक्त भूकम्प ६.९ म्याग्नीच्यूडको मापन गरिएको थियो ।

गत अक्टोबरमा मिन्डानाओलाई नै केन्द्रविन्दु बनाएर ६ म्याग्नीच्यूडभन्दा ठूला तीनवटा भूकम्प गएका थिए । उक्त भूकम्पबाट केही दर्जन मानिसको मृत्यु हुनुका साथै भवनहरुमा क्षति पुगेको थियो । यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ, र बारम्बार भूकम्प जाने गर्दछ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : ४९ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन