ड्रोन आक्रमण भएपछि साउदीद्वारा तेल र ग्यास उत्पादनमा कटौती « Khabarhub

ड्रोन आक्रमण भएपछि साउदीद्वारा तेल र ग्यास उत्पादनमा कटौती


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबले दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ ।

ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो ।

यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएको बीबीसीले जनाएको छ ।

साउदी प्रेस एजेन्सीले छापेको राजकुमार अब्दुल अजिज बिन सलमानको वक्तव्यमा उनले “ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको” बताएका छन् ।

अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट कोही हताहत नभएको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले आक्रमणलाई “विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व आक्रमण” को सङ्ज्ञा दिएका छन् । उनले भनेका छन् “इरानी आक्रमणको सार्वजनिक र स्पष्ट रूपमा निन्दा गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौँ।”

बेरुतस्थित हुथी स्वामित्वको अल-मसिराह टीभीसँग कुरा गर्दै हुथी विद्रोहीका प्रवक्ता याह्या सरिआले भविष्यमा थप आक्रमण गर्न सकिने बताएको बीबीसीले जनाएको छ ।

साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अराकोको अब्काइकमा ठूलो आगलागी भएको टेलिभिजनमा प्रसारित दृश्यमा देखिएको थियो । अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो ।

साउदीले तेल उत्पादन कटौती गरेसँगै विश्वबजारमा तेलको मूल्य बढ्न सक्ने आश‌ंका उत्पन्न भएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : १३ बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव