ड्रोन आक्रमण भएपछि साउदीद्वारा तेल र ग्यास उत्पादनमा कटौती « Khabarhub

ड्रोन आक्रमण भएपछि साउदीद्वारा तेल र ग्यास उत्पादनमा कटौती


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबले दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि तेल र ग्यास उत्पादनमा कटौती गरेको छ ।

ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेल कमी आएको छ । साउदी अधिराज्यले कुल उत्पादन गर्ने परिमाणको झन्डै आधा हो ।

यमनस्थित हूथी विद्रोहीका एक प्रवक्ताले आक्रमणका लागि आफूहरूले १० वटा ड्रोन परिचालन गरेको बताएको बीबीसीले जनाएको छ ।

साउदी प्रेस एजेन्सीले छापेको राजकुमार अब्दुल अजिज बिन सलमानको वक्तव्यमा उनले “ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको” बताएका छन् ।

अरामको भण्डार केन्द्रका प्रमुख कार्यकारी अधिकृतले दुवै प्रशोधन केन्द्रमा स्थिति नियन्त्रणभित्र रहेको बताउँदै आक्रमणबाट कोही हताहत नभएको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले आक्रमणलाई “विश्वको ऊर्जा आपूर्तिमाथिको अभूतपूर्व आक्रमण” को सङ्ज्ञा दिएका छन् । उनले भनेका छन् “इरानी आक्रमणको सार्वजनिक र स्पष्ट रूपमा निन्दा गर्न हामी सबै मुलुकलाई आग्रह गर्छौँ।”

बेरुतस्थित हुथी स्वामित्वको अल-मसिराह टीभीसँग कुरा गर्दै हुथी विद्रोहीका प्रवक्ता याह्या सरिआले भविष्यमा थप आक्रमण गर्न सकिने बताएको बीबीसीले जनाएको छ ।

साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र अराकोको अब्काइकमा ठूलो आगलागी भएको टेलिभिजनमा प्रसारित दृश्यमा देखिएको थियो । अरामको विश्वको सबैभन्दा ठूलो तेल उत्पादक मात्रै नभई विश्वमै सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो ।

साउदीले तेल उत्पादन कटौती गरेसँगै विश्वबजारमा तेलको मूल्य बढ्न सक्ने आश‌ंका उत्पन्न भएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : १३ बजे

विशेष सेवा ऐनसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा

काठमाडौंमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु (तस्बिरहरू)  काठमाडौं- 

इरान युद्धले नेतान्याहुलाई उल्टो दबाब

जेरुसेलम– इरानमाथि सैन्य कारबाही गर्न दशकौँदेखि अमेरिकालाई दबाब दिँदै आएका

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा