इन्धन तस्करीको आरोपमा इरानद्वारा पानीजहाज नियन्त्रण « Khabarhub

इन्धन तस्करीको आरोपमा इरानद्वारा पानीजहाज नियन्त्रण


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले खाडी क्षेत्रतर्फ इन्धन तस्करी गरिरहेको भन्दै पानीजहाज पनि नियन्त्रणमा लिएको छ ।

सोमबार इरानको राज्यनियन्त्रित समाचार संस्था इस्नाले जनाएअनुसार खाडी क्षेत्रको संयुक्त अरब इमिरेट्सतर्फ २ लाख ५० हजार लिटर डिजल इन्धन तस्करी गरिरहेको अवस्थामा ग्रेटर टुन्ब टापु क्षेत्रबाट पानी जहाज नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको पानी जहाजका कर्मचारीलाई हर्मोजगान प्रान्तका अधिकारीको जिम्मा लगाइएको इस्नाले जनाएको छ । नियन्त्रणमा लिइएको पानीजहाजका कर्मचारीको राष्ट्रियता भने खुलाइएको छैन ।

साउदी अरबको तेल प्रशोधन क्षेत्रमा आक्रमण भएसँग मध्यपूर्वमा तनाव चुलिरहेका बेला इरानले इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको हो । गत जुलाइमा इरानले बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो ।

उक्त पानीजहाज चाँडै रिहा गरिने इरानी अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ६ : ५३ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्