इजरालमा १ वर्षमै दोस्रो आम निर्वाचन– मंगलबारदेखि मतदान शुरु « Khabarhub

इजरालमा १ वर्षमै दोस्रो आम निर्वाचन– मंगलबारदेखि मतदान शुरु


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम– इजरायलमा संसदका लागि मंगलबार बिहानैदेखि मतदान शुरु भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकार अल्पमतमा परेपछि इजरायलमा १ वर्षभित्रै दोस्रो पटक संसदका लागि आमनिर्वाचन हुन लागेको हो ।

इजरायलको इतिहासमा सबैभन्दा लामो अवधिसम्म नेतान्याहु प्रधानमन्त्रीको पदमा छन् । भ्रष्टाचार र प्यालेस्टाइन मामिलामा विवादास्पद देखिएका नेतान्याहु फेरि पनि चुनावमा विजयी हुने विश्वासमा छन् । तर, चुनावी मत सर्वेक्षणले उनको दलले पूर्ण बहुमत ल्याउने सम्भावना कमै रहेको देखाएका छन् ।

यस चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी र अवकाशप्राप्त सैनिक प्रमुख बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु एन्ड ह्वाइट पार्टीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

दुबै पार्टीले एकल बहुमतको सरकार बनाउने सम्भावना नरहेका कारण साना दलसँगको गठबन्धनलाई बलियो बनाउन खोजिरहेका छन् । इजरायली मतदाताको पछिल्लो रुझान गठबन्धन सरकारतर्फ झुकेको देखिएको छ ।

यसअघि गत अप्रिलमा संसदका लागि आमनिर्वाचन भएको थियो । उक्त चुनावमा प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टी संसदमा ठूलो दल बन्न सफल भएपनि पूर्ण बहुमत भने हासिल गर्न सफल भएन ।

साना दलको सहयोग लिएर सरकार बनाए पनि अभिगडोर लिबरम्यानको दलले सरकारमा सहभागी हुन अस्वीकार गरेको थियो । लिबरम्यानका कारण सरकार अल्पमतमा परेपछि नेतान्याहुले  संसद बिघटन गरी नयाँ निर्वाचनको मिति तोकेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  २ : ५५ बजे

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका