अफगानिस्तानमा चुनावी र्‍यालीमा विष्फोट हुँदा २४ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा चुनावी र्‍यालीमा विष्फोट हुँदा २४ जनाको मृत्यु


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानका राष्ट्रपति अशरफ घानी सहभागी रहेको एक चुनावी र्‍याली नजिकै विष्फोट हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ ।

परवान प्रान्तको चारिकर शहरमा चुनावी र्‍यालीमा विष्फोट भएको हो । विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् ।

मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

अधिकारीले विष्फोटन आत्मघाती प्रकृतिको रहेको जनाएका छन् । आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन ।

यद्यपि, अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले अर्को साताको शनिबार हुन लागेको चुनावमा सहभागी नहुने र चुनाव हुनै नदिने भन्दै यस्ता चुनावी कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ३ : ४३ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष