उत्तर कोरियाली ड्रोन नष्ट गर्न दक्षिणले अत्याधुनिक प्रणालीको विकास गर्ने « Khabarhub

उत्तर कोरियाली ड्रोन नष्ट गर्न दक्षिणले अत्याधुनिक प्रणालीको विकास गर्ने


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाली जासुसी ड्रोनको प्रतिकार गर्नका लागि अत्याधुनिक ड्रोन प्रतिरोधी प्रणालीको विकास गर्ने भएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयले ८८ अर्ब दक्षिण कोरियाली वन अर्थात् ७ करोड ४० लाख अमेरिकी डलरमा नयाँ ड्रोन प्रतिरोधी प्रणालीको विकास गर्ने जनाएको हो । नयाँ रक्षा प्रणाली सन् २०२३ सम्म विकास गरिसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्लोक १ नाम दिइएको नयाँ प्रणालीले आकाशमा उड्ने स–साना ड्रोन र शत्रु विमानको पहिचान गर्ने र आकाशमै नष्ट गर्ने बताइएको छ । यस प्रणालीलाई भविष्यमा परिमार्जन गरी भू उपग्रह र ठूलोस्तरको लडाकु विमानलाई समेत पहिचान र नष्ट गर्ने अपेक्षा गरिएको छ ।

धेरै उत्तर कोरियाली चालकरहित ड्रोनले दक्षिण कोरियाली आकाशको उल्लङ्घन गर्दै आएका छन् । सन् २०१४ मा उत्तर कोरियाली ड्रोनले दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लू हाउसको तस्वीर खिचेर उत्तर कोरियातर्फ फर्किने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।

त्यस्तै, सन् २०१७ मा एक उत्तर कोरियाली ड्रोन दक्षिण कोरियाली भूमिमा फेला परेको थियो । उक्त ड्रोनमा दक्षिण कोरियास्थित अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणालीका ५ सय ५० भन्दा धेरै तस्वीर खिचिएको फेला परेको थियो ।

सन् १९५० मा शुरु भएको कोरियाली युद्धयता उत्तर र दक्षिण कोरिया युद्धकै अवस्थामा छन् । दुई कोरियाबीच शान्ति वार्ता अघि बढिरहेपनि कोरियाली रक्षा प्रणालीको विकासमा पछिल्लो परियोजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ४ : ३३ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्