साउदीको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानी हतियारको प्रयोग « Khabarhub

साउदीको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा इरानी हतियारको प्रयोग


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबले शनिबार मुलुकको पूर्वी क्षेत्रमा रहेको अबकायक र खुराइश तेल प्रशोधन केन्द्रमा गराइएको ड्रोन हमलामा इरानी हतियारको प्रयोग भएको प्रमाण फेला परेको दाबी गरेको छ ।

साउदी अरबको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणमा इरानी हतियार प्रयोग भएको प्रमाण फेला परेको र यसबारे संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय विशेषज्ञको सहयोगमा अनुसन्धान अघि बढाइने उल्लेख गरेको छ । अर्कोतर्फ अमेरिकी रक्षामन्त्री मार्क एस्परले भने आक्रमणमा इरानको संलग्नता देखिएको जनाएका छन् ।

उनले साउदी युवराज मोहम्मद बिन सलमानसँग टेलिफोन कुराकानीका क्रममा यसको जवाफ दिनका लागि उपलब्ध सबै विकल्पहरुको अध्ययन भइरहेको उल्लेख गरेका छन् । यसअघि अमेरिकी विदेशमन्त्री माइक पम्पेओले पनि आक्रमणमा इरानको हात रहेको जनाएका थिए ।

विज्ञप्तिमा साउदी विदेशमन्त्रालयले साउदी अधिराज्य आफ्नो मुलुकको रक्षा गर्न सक्षम रहेको र आक्रमण गर्नेविरुद्ध जवाफ दिन तयार रहेको जनाएको छ । साउदी अरबको आधा तेल उत्पादन प्रभावित हुनेगरी शनिबार गराइएको आक्रमणको जिम्मा यमनमा सक्रिय हुथी लडाकु समूहले लिएपनि साउदी अधिकारीले भने आक्रमणमा हुथी लडाकुको संलग्नता रहेकोमा आशंका रहेको जनाएका छन् ।

यमनमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कमाण्डर रहेका साउदी सैनिक अधिकारी तुर्की अल मलिकीले भने ती ड्रोन यमनबाट प्रक्षेपाण गरिएकोमा आशंका रहेको र ड्रोन प्रक्षेपण स्थलको पहिचान गर्ने काम भइरहेको जनाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ३० बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव