फिल्म हेर्न नेपालगञ्ज आउँछन् भारतीय नागरिक « Khabarhub

फिल्म हेर्न नेपालगञ्ज आउँछन् भारतीय नागरिक


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ ।

नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् ।

भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ फस्टाएको छ । सीमावर्ती भारतीय बजार र गाउँका भारतीय नागरिक फिल्म हेर्न नेपालगञ्ज आउने गरेका छन् । क्युएफएक्स बागेश्वरी सिनेमाज सञ्चालनमा आएपछि सीमावर्ती बजार रुपैडिया, नानपारा मात्र होइन, बहराइजसम्मबाट भारतीय नागरिक नेपालगञ्जमा आउने गरेका छन् ।

क्युएफएक्स बागेश्वरीमा फिल्म हेर्न आइरहने रुपैडियाका व्यापारी सुशील रावले भने, “हाम्रोतिर क्युएफएक्स हल छैन । नजिक भनेको नेपालगञ्ज हो, त्यही भएर हिन्दी फिल्म लागेका बेला नेपालगञ्ज पुग्छौँ ।” रुपैडियाबाट नजिक लखनऊमा सुविधासम्पन्न हल छन् । त्यहाँ जान समय लाग्ने भएकाले भारतीय नागरिक नेपालगञ्ज आउने गरेका छन् ।

नेपालगञ्जमा अहिले क्युएफएक्स बागेश्वरी मात्र सञ्चालनमा छ । लक्ष्मी हलले स्तरोन्नति गरिरहेको छ, श्रृष्टि हल भत्काएपछि बन्द भइसक्यो । स्नेह होटल छेउमा सुविधासम्पन्न नयाँ हल बन्दैछ । पर्यटन वर्षसँगै उक्त हल सञ्चालन हुने अपेक्षा गरिएको छ । यी हलले भारतीय नागरिकलाई तान्ने अपेक्षा गरिएको छ ।

क्युएफएक्स बागेश्वरी सिनेमाज नेपालगञ्जका प्रबन्ध निर्देशक नीरजमान शाक्यले भारतीय नागरिकहरु फिल्म हेर्न आउने गरेको बताए । उनले भने, “हिन्दी फिल्म चलेका बेला अधिकांश भारतीय नागरिक नै हाम्रा ग्राहक हुन् ।” अहिले नेपालगञ्जमा भारतीय नागरिकलाई लक्षित गरी फनपार्क बनाउने काम धमाधम भइरहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १२ : १५ बजे

नेपालबाट भुटानसामु ११४ रनको लक्ष्य

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानसामु १ सय

घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर– भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल