अर्की बलिउड नायिका पनि बिहेअघि नै बच्चा जन्माउँदै ! | Khabarhub Khabarhub

अर्की बलिउड नायिका पनि बिहेअघि नै बच्चा जन्माउँदै !


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री एमी ज्याक्सन बिहेअघि आमा बनेपछि बलिउड तातेको थियो । अब यतिबेला अर्की नायिकाको चर्चा हुन थालेको छ ।

हालै बलिउड नायिका कल्की कोचलिनले आफ्नो व्यक्तिगत जीवन र गर्भवस्थाबारे बताइन् ।

कल्कीले आफू गर्भवती भएको दुई महिना आफू गर्भवती भएको पनि थाहा नभएको समेत खुलासा गरिन् । तर, पछि भने बच्चाको दिल धड्किन थालेपछि आफू रोमाञ्चक उनले बताइन् ।

कल्कीले आफ्नो ब्यायफ्रेण्ड गाय हर्बबर्गका बारेमा पनि कुराकानी गरिन् । उनले भनिन्, ‘हामीलाई बिहे गर्न कुनै लाज छैन, तर म यसकारण बिहे गर्न चाहन्न कि, म गर्भवती छु ।’

उनले भोलि बच्चाका लागि जरुरी पर्‍यो भने आफूहरुले यसबारेमा बिहे गर्ने धारणा राख्छिन् ।

कल्कीले गर्भवती भएको थाहा पाएपछिको पहिलो क्षण पनि शेयर गरिन् । उनले भनिन्, ‘म छक्क परेकी थिएँ, यो कसरी भयो, हामीले यस्तो योजना बनाएका थिएनौँ, पछि हामीले फेरि टेस्ट गरायौँ, त्यतिबेला बच्चा छ भन्ने पक्का भएपछि म खुशी भएँ ।’

कल्की लामो समयदेखि इजरायली शास्त्रीय पियानोवादक गाय हर्शबर्गसँग डेट गरिरहेकी छिन् । उनले गायसँगको सम्बन्धका बारेमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  १२ : ४७ बजे

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

सुदूरपश्चिममा उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि

एमाले संसदीय दलको बैठक : संसद विघटनको विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा