विमानस्थल तोडफोडमा संलग्न सांसद साह साधारण तारेखमा रिहा « Khabarhub

विमानस्थल तोडफोडमा संलग्न सांसद साह साधारण तारेखमा रिहा


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर–विमानस्थल तोडफोडमा संलग्न भएको आरोप लागेका प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश मुक्त नारायण अर्यालको एकल इजलासले साहलाई साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

यसअघि शाह विरुद्ध जनकपुर विमानस्थलले विमानस्थलमा तोडफोड गरेको आरोपमा प्रहरीमा उजुरी गरेको थियो ।

सोमबार विमान उडानमा ढिलाइ भएको भन्दै शाहले जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।
मंगलवार साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

चार दिनको समय सकिएसँगै शुक्रवार अदालत पेश गरिएका साहको थुनछेक वहसपछि न्यायाधीश अर्यालको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  २ : १६ बजे

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय

मन्त्रीकै सामु बाझेर हिँडेकी आशिका भन्छिन् : बैठक काठमाडौंमा होइन, बञ्चरे डाँडाको फोहोरको थुप्रोमाथि गरौँ

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका