३९ देशमा हवाई सम्झौता गरेको नेपालले ८ देशमा मात्र उडान भर्दै | Khabarhub Khabarhub

३९ देशमा हवाई सम्झौता गरेको नेपालले ८ देशमा मात्र उडान भर्दै


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल सरकारले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको छ । यति देशसँग हवाइ उडानका लागि सम्झौता गरेपनि अहिले ८ वटा देशमा मात्र उडान सेवा भइरेको छ ।

अझपनि ३१ देशमा हवाइ उडान भर्न नसकिएको नेपाल वायु सेवा निगमले जनाएको छ ।

यसरी उडान सम्झौता भएका देशमा हवाई यातायात नपुग्दा स्वदेशी विदेशी यात्रुलाई मार परिरहेको छ । नेपाल वायु सेवा निगमले हाल भारतको नयाँ दिल्ली, बैङ्गलोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । अन्य देशसँग भने हवाई सम्झौता मात्र भएको छ ।

सम्झौता भएका सबै देशभित्र उडान भर्ने तयारी गरिरहेको सरकारले योजना अनुसार काम भने गर्न सकेको छैन । आन्तरिक तथा बाह्य उडानका समस्या हल गर्दै हवाई सम्झौता भएका देश र नयाँ गन्तव्यमा उडान भर्ने पहल भइरहेको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए ।

नेपालले पहिलो पटक अस्ट्रियासँग १९९७ मा हवाई सम्झौता गरेको थियो । त्यसबेलादेखि धेरै देशसँग हवाई सम्झौता गरेपनि उडान भर्न भने सफल भएको छैन । जसका कारण नेपाल आउन र विदेश जाने मानिसले ‘ट्रान्जिट फ्लाइट’ प्रगोग गर्नुपर्ने अवस्था छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको नेपाल भ्रमणवर्ष २०२० को संघारमा आइपुग्दा नयाँ गन्तव्यमा उडान भर्न नसक्दा लक्ष्य पूरा नहुने हो कि भन्ने चिन्ता बढ्न थालेको सरकारी अधिकारीहरु नै बताउँदै आएका छन् । त्यसमा पनि ठूला र विकसित देशमा नेपालले सम्झौता अनुसार उडान भर्न सकेको छैन् ।

रुस र युरोपमा उडान भर्ने योजना

सरकारले रुस तथा युरोपेली देशमा हवाई उडान भर्ने योजना अघि सारेको छ । तर, अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन (आईकाओ) र युरोपेली युनियन(इयू)ले नेपाली आकाशलाई कालो सूचीमा राखेका कारण यो सफल हुन सकेको छैन् ।

उडान विस्तारभन्दा आइकाओ र इयूको मापदण्ड पूरा गरी नेपाललाई कालोसूचीबाट बाहिर निकाल्नु आवश्यक छ । त्यसका लागि हवाई सुरक्षा, पूर्वाधारलगायतका कुराले सरकारले गरेको पहल सफल हुन सकेको छैन् ।

आईकाओ र इयूले घोषणा गरेको कालोसूचीका कारण साउदी अरेबियाले उडान रोकेको छ ।

यी समस्याका बावजुत सरकारले युरोपियन मुलुक फिनल्याण्ड र रुससँग हवाई सम्झौताका लागि पहल गरिरहेको छ । यी देशमा नेपालबाट सिधा हवाई उडान गर्ने गरी सम्झौता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यक परामर्श, छलफल गरिरहेको छ ।

रुससँग पनि हवाई सम्झौताका लागि पहल भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ । रुससहित युरोपका केही देशले नेपालमा हवाइ उडान भर्ने चासो देखाइरहेको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिहं तामाङले बताए । उनीहरुको यही चाहनालाई मध्यनगर गर्दै सिधा उडानका लागि सरकारले पहल गरिरहेको छ ।

सरकारले पर्यटक र अन्य पेशा व्यवसायीलाई मध्येनजर गदै हवाई उडान सम्झौता लागि पहल गरिरहेको तामाङले बताए । क्यानाडा र अस्ट्रेलियाँसँग नेपालले हवाई सम्झौता गरेको भएपनि उडान भर्न सकेको छैन् ।

पर्यटकीय सम्भावना बोकेको इण्डोनेसियासँग पनि नेपालले हवाई सम्झौताको प्रयास गरिरहेको छ । फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको मन्त्रालयले जनाएको छ ।

हवाई यात्रामा काठमाडौं–फिनल्याण्डको दूरी करिब साढे १० घण्ट छ । फिनल्याण्ड सबैभन्दा ठूलो वायुसेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सिधा हवाई उडान गर्ने इच्छा गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

नेपाल र युरोपलाई जोड्ने काम अहिले टर्किस एयरलाइन्सले गरिरहेको छ । यो एक मात्र नेपालको युरोपसँग जोडने एयरलाइन्स हो । युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्रान्जिट फ्लाइट’ गर्नुपर्ने बाध्यता छ । जसका कारण युरोप जाने नेपाली र युरोपबाट नेपाल आउनेको यात्रा अलि कठिन हुन्छ ।

हवाइ सम्झौता भएका देश

नेपालले ३९ देशसँग हवाई उडानका लागि सम्झौता गरेको छ । नेपालले हवाई उडान गरेका देशमा चीन, बहराइन, अस्ट्रिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, भूटान, फिलिपिन्स, कतार, बु्रनाई, क्रोएसिया, इजिप्ट छन् ।

त्यस्तै फ्रान्स, जर्मनी, हङ्कङ, इन्डिया, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाऊ, म्यानमार, ओमन, पाकिस्तान, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिङ्गापुर, श्रीलङ्कसँग पनि हवाई सम्झौता गरेको छ ।

त्यस्तै थाइल्यान्ड, नेदरल्यान्ड, यूएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड र कम्बोडियासँग हवाई सम्झौता गरिसकेको नेपाल वायु सेवा निगमले जनाएको छ ।

सम्झौता भएका ३१ देशसँग नेपालले सिधा उडान भर्न भने सकेको छैन । जसका कारण नेपालको पटर्यक क्षेत्रमा असर परिरहेको छ । सम्झौता भएर उडान भर्ने बाँकी देशसँग हवाई यातायातको पहुँच पुर्‍याउन पहल जारी रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : १० बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त