काँग्रेस उपसभापति निधिको कटाक्ष– ‘प्रधानमन्त्रीको टिप्पणीप्रति दया लाग्यो’ « Khabarhub

काँग्रेस उपसभापति निधिको कटाक्ष– ‘प्रधानमन्त्रीको टिप्पणीप्रति दया लाग्यो’


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका बारेमा गरेको टिप्पणीप्रति दया लागेर आएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं उपसभापति निधिले प्रधानमन्त्री जस्तो व्यक्तिबाट यस्तो टिप्पणी आउनु हास्यस्पद भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले कांग्रेसप्रति गरेको टिपप्णी आत्मरतिमा रमाउने र टिप्पणि गर्न लायक नभएको उपसभापति निधिले बताए ।

उपसभापति निधिले भने, ‘कम्युनिष्टहरुको जन्मकुण्डली हेर्ने हो भने राजाको नजिक रहेर काम गरेको देखिन्छ, उहाँहरुलाई लोकतन्त्रप्रति निष्ठा भएको कांग्रेसलाई यसो उसो भन्न मिल्दैन ।’

२०३७ सालमा भएको जनमत संग्रहमा कम्युनिष्टहरुले निर्दलको पक्षमा मतदान गरेको निधिले आरोप लगाए ।

फरक प्रसंगमा उपसभापति निधीले लगानी सम्मेलनलाई सफलताको कामना गर्दै यस सम्मेलनलाई सफल बनाउन सरकारले प्रर्याप्त तयारी र गृहकार्य नगरेको आरोप लगाए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ५ : ०३ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको