कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध « Khabarhub

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत सिटी – खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ ।

कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् ।

कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, फिलिपिन्स, सिरिया, स्पेन, सिंगापुर, बोस्निया हर्जगोभिना, श्रीलंका, इराक, मेक्सिको, इन्डोनेसिया, चिली, पाकिस्तान, इजिप्ट, लेबनान, हङकङ, इटाली, मोल्डोभा, पनामा, बेरुत समेतका छन् ।

कुवेतले व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको खालिज टाइम्सले जनाएको छ । समाचार अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला हुनेछ ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कुवेतमा हालसम्म ६७ हजार ४४८ जनामा कोरोना संक्रमण देखिएको र ४५३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : २० बजे

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई