कोरोना कहर : ३४ करोडको रोजगारी गुम्ने आईएलओको प्रक्षेपण « Khabarhub

कोरोना कहर : ३४ करोडको रोजगारी गुम्ने आईएलओको प्रक्षेपण


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क-  यस वर्षको उत्तरार्द्धमा कोभिड–१९ अर्को चरणको संक्रमण देखा पर्‍यो भने विश्वको कार्य घन्टा ११ दशमलव ९ प्रतिशतले गुम्ने अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)ले चेतावनी दिएको छ ।

यो भनेको ३४ करोड फूल टाइम रोजगारी गुमे बराबर भएको संगठनको भनाइ छ ।

कोभिड–१९ को पाँचौं संस्करण अनुसार यस वर्षको बाँकी अवधिमा विश्वको श्रम बजारमा पुर्नबहाली अनिश्चित र अपूरो छ ।

यस वर्षको दोस्रो त्रैमासमा विश्वको कार्य घन्टामा १४ प्रतिशतको कमी आएको थियो । यो भनेको ४० करोड फूल टाइम रोजगारी बराबरको हो । यस वर्षको पूर्वार्द्धमा विश्वभर कार्य घन्टामा आएको कमी यस अघि अनुमान गरिएकोभन्दा निकै धेरै रहेको छ ।

स्थिति राम्रो हुँदा समेत महामारी पूर्वको स्तरमा पुग्न पर्याप्त नहुने चेतावनी संगठनले दिएको छ । निराशानजनक स्थितिमा भने वर्षको दोस्रो अर्धवार्षिक अवधि दोस्रो त्रैमासजत्तिकै चुनौतीपूर्ण हुनेछ ।

पहिलो त्रैमासमा सिकिएको पाठका आधारमा अति नै राम्रो नीतिगत प्रतिक्रिया आयो भने पनि वर्षको अन्त्यसम्ममा विश्वको कार्य घन्टामा ११ दशमलव ९ प्रतिशतको कमी आउनेछ ।

यो गत वर्षको चौथो त्रैमासको तुलनामा करीब ३४ करोड फूल टाइम रोजगारी बराबर हो ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ८ : ०२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि