रुपन्देहीमा ‘किट’ अभाव भएपछि कोरोना भाइरसको परीक्षण रोकियो « Khabarhub

रुपन्देहीमा ‘किट’ अभाव भएपछि कोरोना भाइरसको परीक्षण रोकियो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – कोरोना संक्रमित भेटिएको पर्सिपल्ट नै रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा कोरोना भाईरसको नमूना परीक्षण गर्ने किट र केमिकल सकिएको छ ।

‘किट’ र केमिकलको अभाव हुँदा थप नमूना परीक्षण रोकिएको छ भने संघीय सरकारसँग माग गरी पठाएको किट र केमिकल समयमै नआउदा समस्या उत्पन्न भएको छ ।

‘किट’ अभाव हुँदा आजदेखि परिक्षण वन्द भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

प्रयोगशालामा ‘किट’ अभाव भएपछि परीक्षणका लागि आएकाहरुको स्वाब संकलन गरी काठमाडौं पठाउन थालिएको डा. गिरीले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आरडीटी र पीसीआर दुबै विधिबाट परीक्षण हुँदै आएको थियो ।

थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि आवश्यक पर्ने ‘किट’ र केमिकल अभावले परीक्षण प्रभावित भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ३९ बजे

विश्वकप क्रिकेट लिग–२ : क्यानडाविरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

अनमोल र प्रिन्सीको रोमान्समा ‘मेरो मन चोर्‍यौ सुटुक्कै’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ लुकले दर्शकमा कौतूहल बढाइरहेका बेला

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ