काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १९५ जनाको मृत्यु भएको छ ।
योसँगै इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९८० जनामध्ये १ हजार ४७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया