कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख ४४ हजार बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख ४४ हजार बढी संक्रमित


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित छन् ।

संक्रमितमध्ये ११ लाख ९४ हजार ८३५ जना उपचारपछि घर फर्किएका छन् । २१ लाख ९७ हजार ५९६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार ६३५ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४२ हजार १४३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७६ हजार ८९१ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा २० हजार ७८, दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार २७४ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८४८ र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा अमेरिकामा १२ लाख १२ हजार ८३५ जना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६९ हजार ७०९ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २३ हजार ७१७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ८७ हजार २५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ५५ हजार १०५ जनामध्ये १६ हजार ४३ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४८ हजार ३०१ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार १७९ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ४२८ पुगेको छ । १ लाख ५१ हजार ६३३ जना उपचारपछि निको भएका छन् ।

७१ हजार २४० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

इटालीमा मृतकको संख्या २९ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २२१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८२ हजार ८७९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९९ हजार ९८० जनामध्ये १ हजार ४७९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : १० बजे

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको

नेपाल–भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन

काठमाडौं– नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब

मधेशमा सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव, प्रदेश सभा सचिवालयमै दुई पक्षबीच कुटाकुट

काठमाडौं- पदीय आचरणविपरीत कार्य गरेको आरोपमा सात दलले मधेश प्रदेशका