घातक हतियार रहेको भन्दै चीनले अमेरिकालाई दियो चेतावनी « Khabarhub

घातक हतियार रहेको भन्दै चीनले अमेरिकालाई दियो चेतावनी


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीन र अमेरिकाबीच तनावको स्थिति रहँदा दक्षिण चीन सागरमा शनिवार अमेरिकाले दुई युद्धपोत तैनाथ गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले अमेरिकी युद्धपोतलाई नष्ट गर्नका लागि डीएफ–२१डी र डीएफ–२६ जस्ता खतरनाक हतियार रहेको लेखेको छ । त्यसलाई एयरक्राफ्ट क्यारियर किलर भन्ने गरिन्छ ।

त्यसअघि चीनको परराष्ट्र मन्त्रालयले यस क्षेत्रबाट हजारौं माइल टाढा रहेको देशले आफ्नो शक्तिप्रदर्शन गरिरहेको प्रतिक्रिया दिएको छ ।

दक्षिण चीन सागर पूर्णरूपमा चिनियाँ सेनाको नियन्त्रणमा रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

ग्लोबल टाइम्सले चीनसँग खतरनाक हतियार रहेको खबर दिएपछि अमेरिकी जलसेनाले त्यसलाई जवाफ फर्काउँदै आफूहरू त्यसका लागि तयार रहेको भन्दै ट्वीट गरेको छ ।

दुवै देश दक्षिण चीन सागरमा तनावका लागि एकअर्कालाई जिम्मेवार ठहर गर्छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  २ : २० बजे

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,