डीआईजी कार्कीलाई कोरोना संक्रमण « Khabarhub

डीआईजी कार्कीलाई कोरोना संक्रमण


२३ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ प्रहरी कार्यालय विराटनगर प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका मोहम्मद हैदर अलीले प्रदेश प्रहरी कार्यालयका ५ जना प्रहरी अधिकारीको प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको स्वाब परीक्षणमा प्रहरी नायव महानिरीक्षक ५२ वर्षीय कार्कीको रिपोर्ट पोजिटिभ आएको बताए ।

अन्यको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयभित्र निर्माण गरिएको आइसोलेसन केन्द्रमा नै उनलाई राखिने स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

प्रदेश १ मा हालसम्म ३ सय ५५ जना प्रहरीलाई कोरोना संक्रमण देखिएकोमा २ सय २० जना डिस्चार्ज भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार ८० जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ४७ बजे

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा