आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र ओमान प्रतिस्पर्धा गर्दै, नेपाललाई बदला लिने मौका « Khabarhub

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र ओमान प्रतिस्पर्धा गर्दै, नेपाललाई बदला लिने मौका


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले तेस्रो खेलमा आज ओमानसंग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट शुरु भएको छ ।

टस हारेको नेपालले पहिले व्याटिङ गर्नेछ । विश्वकप छनोट प्रारम्भिक विन्दु मानिएको प्रतियोगितामा नेपाल पहिलो खेलमा तीन दिन अघि ओमानसंग १८ रनले पराजित भएको थियो ।

आजको खेलमा नेपाल यसअघिको हारको बदला लिन चाहान्छ । ओमान शीर्ष स्थानमा पुग्न नेपाललाई पराजित गर्ने लक्ष्यमा हुनेछ ।

ओमान लिगको दोस्रो स्थानमा रहेको छ । उसले ८ खेलमा ६ जितका साथ १२ अंक जोडेको छ । समान अंक रहेको अमेरिका नेट रन रेटमा ओमान भन्दा अघि छ ।

यता नेपाल भने २ खेलमा १ जित निकाल्दै २ अंक सहित तालिकाको पुछारबाट दोस्रोमा छ ।

नेपालले ओमानलाई पछिल्लो ७ वर्षदेखि पराजित गर्न सकेको छैन ।

हालसम्म नेपाल र ओमान एक दिवसीयमा ८ पटक आमने सामने भएका छन् । जसमा नेपालले सुरुवाती तीन खेल जितेको छ । पछिल्ला ४ खेलमा नेपाल पराजित छ ।

सिरिजमा नेपाल र ओमानको यो अन्तिम खेल हो । एक सिरिजमा एक टिमले ४ खेल खेल्ने छन् ।

७ राष्ट्र सम्मिलित लिग अन्तर्गत हरेक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् ।

लिगको अन्त्यमा शीर्ष तीनमा स्थान बनाउने राष्ट्रले सन् २०२३ को विश्वकप छनोटमा सहभागिता जनाउने अवसर पाउने छन् ।

 

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : ५९ बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका