४१ वर्षपछि अमेरिकी मन्त्री ताइवानमा, राष्ट्रपति वेनसँग भेटवार्ता « Khabarhub

४१ वर्षपछि अमेरिकी मन्त्री ताइवानमा, राष्ट्रपति वेनसँग भेटवार्ता


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन दिनको भ्रमणमा आइतबार ताइवान आइपुगेका अमेरिकी स्वास्थ्य एवम् मानव सेवामन्त्री एलेक्स अजारले आज ताइवानकी राष्ट्रपति साई इंग-वेनसँग भेटवार्ता गरेको छ ।

भेटवार्तामा द्विदेशीय पारस्परिक हित, प्रजातान्त्रिक मूल्यमान्यताको प्रबर्द्धन तथा ताइवानले कोरोना नियन्त्रणमा लिएको सफलताबारे कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यस्तै दुई देशीय ब्यापार, सैन्य मामिला लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । अमेरिका र ताइवानबीच १९७९ मा औपचारिक द्विपक्षीय सम्बन्ध समाप्त भएपछि अमेरिकी क्याबिनेट मन्त्रीद्वारा गरिएको यो पहिलो यात्रा हो।

चीनले यो यात्रालाई लिएर विरोध जनाएको छ। यो यात्रालाई चीनले ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध नराख्ने अमेरिकी प्रतिबद्धताविरुद्ध रहेको बताएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : २५ बजे

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह

अर्थशास्त्री डा. वलीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं– अर्थशास्त्री डा. सुदन वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदका लागि

दुई महिनामै विपद्‌मा दोलखाका ६४ जनाको ज्यान गयो

दोलखा- पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय ६ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको