४१ वर्षपछि अमेरिकी मन्त्री ताइवानमा, राष्ट्रपति वेनसँग भेटवार्ता « Khabarhub

४१ वर्षपछि अमेरिकी मन्त्री ताइवानमा, राष्ट्रपति वेनसँग भेटवार्ता


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तीन दिनको भ्रमणमा आइतबार ताइवान आइपुगेका अमेरिकी स्वास्थ्य एवम् मानव सेवामन्त्री एलेक्स अजारले आज ताइवानकी राष्ट्रपति साई इंग-वेनसँग भेटवार्ता गरेको छ ।

भेटवार्तामा द्विदेशीय पारस्परिक हित, प्रजातान्त्रिक मूल्यमान्यताको प्रबर्द्धन तथा ताइवानले कोरोना नियन्त्रणमा लिएको सफलताबारे कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यस्तै दुई देशीय ब्यापार, सैन्य मामिला लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । अमेरिका र ताइवानबीच १९७९ मा औपचारिक द्विपक्षीय सम्बन्ध समाप्त भएपछि अमेरिकी क्याबिनेट मन्त्रीद्वारा गरिएको यो पहिलो यात्रा हो।

चीनले यो यात्रालाई लिएर विरोध जनाएको छ। यो यात्रालाई चीनले ताइवानसँग कुनै पनि आधिकारिक सम्बन्ध नराख्ने अमेरिकी प्रतिबद्धताविरुद्ध रहेको बताएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : २५ बजे

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको