लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा नेपाली एकता समाजद्वारा धन्यवाद ज्ञापन « Khabarhub

लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा नेपाली एकता समाजद्वारा धन्यवाद ज्ञापन


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली एकता समाज भारतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लदाखका विषयमा चालेको कदम प्रसंशायोग्य भएको जनाएको छ ।

लामो समयदेखि आजादीको माग गरिरहेका लदाखी जनताको माग पूरा गर्न वर्तमान सरकारले भारतीय संविधानको धारा ३७० खारेज गर्दै लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा एकता समाजले धन्यवाद ज्ञापन गरेको हो ।

नेपाली एकता समाज भारतले विज्ञप्ति जारी गर्दै धेरै वर्षदेखि जम्मु कश्मिरको अधिनमा रहको लदाखलाई स्वतन्त्रता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘लदाख जम्मु–कश्मिरको अधिनमा रहँदा आर्थिक र सामाजिक दुबै पक्षको समस्यो थियो र धेरै वर्षदेखि लदाखले आजादीको माग गरिरहेको थियो । कुनै पनि सरकारले त्यो माग पूरा गर्न सकेको थिएन । अहिले वर्तमान सरकारले मात्रै आफ्ना जनताको आवाजलाई सुनेको छ ।’

एकता समाजले लदाखका जनाताको खुशी नै त्यहाँ रहेका नेपालीहरुको पनि खुशी भएको विज्ञप्तिमार्फत जनाएको छ । वर्तमान सरकाले लदाखी जनतालाई माया गरेझैंँ आफूहरुको शान्ति र सुरक्षाका लागि पनि उचित व्यवस्था गर्ने विश्वास लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ५ : ३५ बजे

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा