थ्रीस्टारले जीतसँगै यो सिजनको अन्त्य गर्दा च्यासल पराजित « Khabarhub

थ्रीस्टारले जीतसँगै यो सिजनको अन्त्य गर्दा च्यासल पराजित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्रि स्टार क्लबले सिजनको शुखद् अन्त्य गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रिस्टारले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै सिजनको अन्त्य गरेको छ ।

योसँगै थ्रीस्टार १२ खेल खेलेको मनाङ भन्दा १ अंकले अगाडि रहेको छ । १३ खेल खेलेको थ्रीस्टारले ८ खेलमा जीत २ खेलमा बराबरी र ३ खेलमा हार व्येहोर्दै २६ अंकसहित लिगको अन्त्य गरेको छ ।

यस्तै, १२ खेल खेलेको मनाङको २५ अंकरहेको छ भने आजै केही समयमा हुने खेलमा मनाङले जावलाखेलसँग आफ्नो अन्तिम खेल खेल्दैछ । उक्त खेल जिते मनाङ तेस्रो स्थानमा उक्लिनेछ भने जावलाखेलसँग पराजित भए थ्रीस्टार तेस्रो स्थानमा रहनेछ ।

अन्तिम खेलमा च्यासलविरुद्ध थ्रीस्टारका लाल राम्मभारा र अनन्त तामाङ समान एक–एक गोल गरे । खेलको ७० औं मिनेटमा लालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको अतिरिक्त समयमा तामाङले गोल गर्दै टिमलाई दोहोरो अग्रतासहित जीत दिलाएका थिए ।

च्यासलले १५ अंकसहित आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ५९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया