तेस्रो लिंगीलाई कामबाट निकाल्न नपाइने अमेरिकी सर्बोच्च अदालतको फैसला | Khabarhub Khabarhub

तेस्रो लिंगीलाई कामबाट निकाल्न नपाइने अमेरिकी सर्बोच्च अदालतको फैसला


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी सर्बोच्च तेस्रो लिङ्गीलाई रोजगारदाताले कामबाट निकाल्न नपाउने फैसला सुनाएको छ ।

तेस्रो लिंगी भएको तथा फरक यौन झुकाब भएकै कारणा रोजगारदाताले कामबाट हटाएको भन्ने मुद्दाको सुनुवाई गर्दै सर्बोच्च अदातले रोजगारदाताले अमेरिकाको कानून तोडिरहेको फैसला सुनाएको हो।

अमेरिकाको सर्वोच्च अदालतले सङ्घीय कानूनमा लिङ्गका आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ। फैसलामा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान उक्त कानूनमा समावेश गरिएको बुझ्नुपर्ने बताइएको छ।

उक्त फैसलाले एलजीबीटी समुदाय( लेसवियन, गे, बाइसेक्सुयल र ट्रान्सजेन्डर) समुदायका लागि ठूलो जीत भएको बीबीसीले जनाएको छ ।

सन् १९६४ को सिभिल राइट्स एक्टले रोजगारदातालाई लिङ्ग, जात, रङ्ग, जन्मेको बेलाको राष्ट्रियता र धर्मका आधारमा भेदभाव गर्नबाट रोकेको छ।

पूर्वराष्ट्रपति बाराक ओबामाका पालामा रोजगारीको समान अवसर हेर्न गठित सङ्घीय आयोगले उक्त कानूनमा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान समावेश भएको बताउँदै आएको थियो।

अमेरिकी अदालत रूढिवादी हुँदै गएको आरोप खेपिरहेका बेला आएको यो फैसलालाई महत्त्वपूर्ण मानिएको बीबीसीले जनाएको छ।

विपक्षी वकिलहरूले भने सन् १९६४ को सिभिल राइट्स एक्टका निर्माणकर्ताहरूले उक्त प्रावधानमा लिङ्ग वा कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने लैङ्गिक पहिचानका विषयमा लागू हुने उद्देश्य नराखेको जिकिर गरेका थिए। ट्रम्प प्रशासनले पनि यही तर्कलाई मान्दै आएको थियो।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  १ : २४ बजे

धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य ‘बडिमालिका’

सुदूरपश्चिम– भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका

मधेशमा पर्यटन प्रवर्द्धन गर्न भारतीय रक्षामन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं– मधेश प्रदेशका धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थललाई छिमेकी मुलुक

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य

एकताको तयारीसहित जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएका

लाइफ इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो १० प्रतिशत बोनस 

काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को २३ औँ वार्षिक साधारणसभाले