हिमालयन बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप सहित १०० भन्दा बढी स्थानमा विशेष छुट « Khabarhub

हिमालयन बैंकका ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप सहित १०० भन्दा बढी स्थानमा विशेष छुट


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिमालयन बैंक लिमिटेडले आफ्नो २७ औं बार्षिकोत्सवको अवसरमा ग्राहकहरु माझ सेवा अभिबृद्धि गर्ने उदेश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवन लगायत देशका विभिन्न १०० भन्दा बढि स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

यसै सन्दर्भमा बैंकले आफ्ना ग्राहकहरुका लागि नेपालको हस्पिटालिटीको क्षेत्रको प्रतिष्ठित समुह सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटलिटिसंग एक सम्झौता पत्रमा हस्ताक्षर गरिे उक्त समुहको नेपालका विभिन्न स्थानमा रहेका १९ वटा होटल, रिसोर्ट, रेष्टुराँ, क्याफेहरुमा १०% को आकर्षक तथा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका तर्फबाट बैंककमा महाप्रबन्धक उज्जल राजभण्डारी तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक, स्टेटमेन्ट आदि) प्रस्तुत गरेमा भारी छुट पाउने छन् ।

सिद्धार्थ बिजनेस ग्रुपको होटल, रिसोर्ट, रेष्टुराँ, क्याफे सहित अन्य विभिन्न स्थानमा हिमालयन बैंकका ग्राहकबर्गहरुले पाउने छुटको प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेभसाइटमा गई हेर्न सक्नेछन् ।

बैंकले देशभरिका विभिन्न ७५ स्थानबाट सुरु गरेका विषेश छुटको व्यवस्था हाल बढेर १०० वटा भन्दा बढि स्थानमा लागु भएको तथा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकवर्गहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ४४ बजे

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग

१० हजारले नि हेरेनन् ‘मुन्द्रे’को फिल्म

काठमाडौं – कलाकार जितु नेपाल ‘मुन्द्रे’को लगानी र शीर्ष अभिनय

चितवनमा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

काठमाडौं– राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव चितवनमा पनि मनाइएको