भारतमा प्रजातान्त्रिक अभ्यास खस्किएको सूचांक सार्वजनिक « Khabarhub

भारतमा प्रजातान्त्रिक अभ्यास खस्किएको सूचांक सार्वजनिक


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा प्रजातान्त्रिक अभ्यास खस्किदै गएको सूचांक सार्वजनिक भएको छ ।

ब्रिटेनले प्रकाशन गर्दै आएको प्रशिद्ध अन्तर्राष्ट्रिय पत्रिका द इकोनोमिष्टले वार्षिक रुपमा सार्वजनिक गर्दै आएको डेमोक्रेसी इंडेक्समा भारतको प्रजातान्त्रिक अभ्यास खस्किएको जनाइएको हो ।

१ सय ६५ वटा मुलुकलाई समेटेर गरिएको अनुसन्धानमा भारतको अवस्था सन् २०१८ को तुलनामा सन् २०१९ मा १० स्थान तल झरेको देखाइएको छ । डेमोक्रेसी इंडेक्समा भारत सन् २०१९ मा ५१ स्थानमा छ यो अघिल्ला वर्षको तुलनामा १० स्थान तल हो ।

संसारमा सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास भएको मानिने भारतमा नागरिक स्वतन्त्रतामा भएको ब्यापक कटौतीले डेमोक्रेसी इंडेक्स खुम्चिएको उल्लेख गरिएको छ ।

भारत प्रशासित कश्मिरको अनुच्छेद ३ सय ७० हटाएर महिना दिन भन्दा बढी गरिएको नाकाबन्दी र नेताहरुको नजरबन्द, विवादित बनेको नागरिकता कानून तथा आसाममा गरिएको राष्ट्रिय नागरिक रजिष्टर (एनआरसी)बाट १९ लाख भन्दा बढी मानिसलाई एकैपटक राज्यविहिन बनाइएका लगायत प्रकरणले प्रजातन्त्रको स्थिति खस्किएको दावी गरिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ८ : २७ बजे

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट