अबैध हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

अबैध हातहतियार मुद्दाका फरार अभियुक्त पक्राउ


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- अबैध हातहतियार खरखजाना मुद्दामा सजाय तोकिएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा साविक जलथल ४ हाल हल्दिबारी गाउँपालिका वडा नं. ३ बस्ने ३८ वर्षिय सुनिल मेचे रहेका छन् ।

उनलाई अबैध हात हतियार खरखजाना मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरबाट २०७५ चैत ११ गते एक बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरिएको थियो ।

तालुक जिल्ला प्रशासन कार्यालय ललितपुरबाट लेखापढी हुँदै आएको पत्रअनुसार मेचेलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज बिर्तामोडस्थित बजाज सोरुम नजिकबाट पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तान गर्न नख्खु कारागार पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : १६ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्