प्रियंका र आयुष्मानले गरे कानूनी रुपमा बिहे « Khabarhub

प्रियंका र आयुष्मानले गरे कानूनी रुपमा बिहे


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन् । प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन् ।

आज प्रियंका कार्कीको जन्मदिन पनि हो । जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले कानूनी बिहे गरेका हुन् ।

यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए । उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन् ।

भोलि शुक्रवार यो जोडीले नेपाली परम्पराअनुसार बिहे गर्नेछ । यी दुईले बिहेका लागि एक बैंक्वीट रिजर्भ गरेका छन् ।

लामो समय प्रेममा रहेका आयुष्मान र प्रियंकाले असारमा नै बिहे गर्ने भनिए पनि परिवारको समय नमिलेका कारण फागुनमा सरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ६ : ११ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य