राजीव ढुंगाना नेविसंघ तदर्थ समितिको अध्यक्ष « Khabarhub

राजीव ढुंगाना नेविसंघ तदर्थ समितिको अध्यक्ष


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा गरेपछि नेपाली कांग्रेसले निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरेको छ ।

कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको सहमतिअनुसार सुनसरीका स्थायी बासिन्दा ढुंगानालाई आज सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् ।

देउवाले काठमाडौंका मनोज वैद्य  र पाल्पाकी महेश्वरी कुँवरलाई नेविसंघको महामन्त्रीमा मनोनीत गरेका छन । नेविसंघको तदर्थ समिति १ सय २७ सदस्यीय बनाउने सहमति छ।

संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन पनि चाँडै हुने कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नवगठित तदर्थ समितिले मनोनीत भएको मितिले ६ महिनाभित्र नेविसंघको १२ औं केन्द्रीय अधिवेशन गराउनु पर्नेछ । अर्कातर्फ त्रिविले आगामी फागुन १४ गतेका लागि स्ववियू चुनावको मिति सार्वजनिक गरेकाले त्यसको तयारीमा समेत जुट्नु पर्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १ : ०६ बजे

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा