वर्षाका कारण काठमाडौँ उपत्यकामा कहाँ कति क्षति भयो ? « Khabarhub

वर्षाका कारण काठमाडौँ उपत्यकामा कहाँ कति क्षति भयो ?


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार राति परेको अविरल वर्षापछि आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । डुबानमा परेका ३०१ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण ठूलो भौतिक तथा मानवीय क्षति नभए पनि विभिन्न खोला छेउछाउमा रहेका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका सूचना अधिकारी सुशिल सिंह राठौरले वर्षाका कारण उपत्यकाका धेरै ठाउँ डुबानमा परेको बताए।

उनका अनुसार बागमती, विष्णुमति, धोबी खोला, मनहोरा खोला, शंखमुल, समाखुसी, टंकेश्वर, भक्तपुरको नरेफाँट, जोरपाटी तरकारी बजार, बल्खु तरकारी बजार लगायतका स्थान डुबानमा परेका छन् । उपत्यकाका करिब ३८५ घर डुबानमा परेको उनले जानकारी दिए ।

काठमाडौँ जिल्लाको विभिन्न स्थामा डुबानमा परेका २३२ जनालाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको उनले बताए ।

भक्तपुर जिल्ला ५४ जना र ललितपुर जिल्लामा बाढीमा फसेका १५ जनालाई सुरक्षित स्थानमा सारिएका उनले जानकारी दिए ।

उद्धार गरिएका धेरै जसोलाई सम्बन्धित वडा कार्यालय भवन, खुल्ला चौर लगायतका स्थानमा राखिएको उनले बताए । वर्षाका कारण खोला छेउछाउमा रहेका सुकुम्बासी बस्ती बढी प्रभावित भएको छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  १ : २८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११