देशका ८ जिल्लामा पहिरो, ६ जिल्लामा बाढी « Khabarhub

देशका ८ जिल्लामा पहिरो, ६ जिल्लामा बाढी

४ जनाको मृत्यु, १ बेपत्ता, सयौं प्रभावित


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार राति परेको अविरल वर्षाका कारण देशका ८ जिल्लामा पहिरो गएको छ भने ६ जिल्लामा बाढी आएको छ । राजधानी काठमाडौँ उपत्यकाका तीन जिल्ल्ला पनि बाढीबाट प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार रोल्पा, रुकुम पश्चिम, जाजरकोट, म्याग्दी, नुवाकोट, धादिङ, स्याङ्जा र रुकुम पूर्वमा पहिरो गएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र मकवानपुर रोल्पा बाढी प्रभावित भएका छन् ।

बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार रोल्पाको रोल्पा नगरपालिका वडा १० को एक घर पहिरोमा पुरिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ । एक ७० वर्षीया महिला बेपत्ता भएकी छन् । र दुईजना घाइते भएका छन् ।

यस्तै जाजरकोटको नलगाढ नगरपालिका वडा नम्बर ५ ढाडसिर्केस्थित एक घर पहिरोमा पुरिँदा एक १० वर्षीय बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा रुकुम पश्चिम नगरपालिका वडा नम्बर ५ ज्ञानखोलास्थित एक घर पहिरोमा पर्दा ४ जना घाइते भएका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ स्थित सिमेन्ट फ्याक्ट्री नजिकै ट्रकले खोला तर्नेक्रममा आएको बाढीमा परी दुईजना पुरुषको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बाढीमा फसेका ३०१ जनाको उद्धार गरिएको छ । वर्षाका कारण ठूलो भौतिक तथा मानवीय क्षति नभए पनि विभिन्न खोला छेउछाउनमा रहेका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका सूचना अधिकारी सुशिल सिंह राठौरले वर्षाका कारण उपत्यकाका धेरै ठाउँ डुबानमा परेको बताए ।

उनका अनुसार बागमती, विष्णुमति, धोबी खोला, मनहोरा खोला, शंखमुल समाखुसी टंकेश्वर, भक्तपुरको नरेफाँट, जोरपाटी तरकारी बजार, बल्खु तरकारी बजार लगायतका स्थान डुबानमा परेका छन् । उपत्यकाका करिब ३८५ घर डुवानमा परेको उनले जानकारी दिए । बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजारमा क्षति पुगेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुमा बाढी पहिरोका कारण ९ करोड ५५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । प्राधिकरणका अनुसार भदौ १ गतेदेखि सोमबारसम्म देशभर भएका विपद्का १७१५ घटनामा २३८ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन् । २२२० घरपरिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : २२ बजे

समाज कल्याण परिषद्को जग्गा र भवन प्रयोगको बक्यौता छिटो उठाउछौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज

पूर्वमन्त्री राजकुमार गुप्ता कारागार चलान

काठमाडौं– विशेष अदालतको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्तालाई डिल्लीबजार कारागार चलान

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

धरान– सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

कास्की– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा