देशका ८ जिल्लामा पहिरो, ६ जिल्लामा बाढी « Khabarhub

देशका ८ जिल्लामा पहिरो, ६ जिल्लामा बाढी

४ जनाको मृत्यु, १ बेपत्ता, सयौं प्रभावित


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार राति परेको अविरल वर्षाका कारण देशका ८ जिल्लामा पहिरो गएको छ भने ६ जिल्लामा बाढी आएको छ । राजधानी काठमाडौँ उपत्यकाका तीन जिल्ल्ला पनि बाढीबाट प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार रोल्पा, रुकुम पश्चिम, जाजरकोट, म्याग्दी, नुवाकोट, धादिङ, स्याङ्जा र रुकुम पूर्वमा पहिरो गएको छ । यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र मकवानपुर रोल्पा बाढी प्रभावित भएका छन् ।

बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार रोल्पाको रोल्पा नगरपालिका वडा १० को एक घर पहिरोमा पुरिँदा ५ वर्षीय बालकको मृत्यु भएको छ । एक ७० वर्षीया महिला बेपत्ता भएकी छन् । र दुईजना घाइते भएका छन् ।

यस्तै जाजरकोटको नलगाढ नगरपालिका वडा नम्बर ५ ढाडसिर्केस्थित एक घर पहिरोमा पुरिँदा एक १० वर्षीय बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा रुकुम पश्चिम नगरपालिका वडा नम्बर ५ ज्ञानखोलास्थित एक घर पहिरोमा पर्दा ४ जना घाइते भएका छन् ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ स्थित सिमेन्ट फ्याक्ट्री नजिकै ट्रकले खोला तर्नेक्रममा आएको बाढीमा परी दुईजना पुरुषको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा बाढीमा फसेका ३०१ जनाको उद्धार गरिएको छ । वर्षाका कारण ठूलो भौतिक तथा मानवीय क्षति नभए पनि विभिन्न खोला छेउछाउनमा रहेका बस्ती डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका सूचना अधिकारी सुशिल सिंह राठौरले वर्षाका कारण उपत्यकाका धेरै ठाउँ डुबानमा परेको बताए ।

उनका अनुसार बागमती, विष्णुमति, धोबी खोला, मनहोरा खोला, शंखमुल समाखुसी टंकेश्वर, भक्तपुरको नरेफाँट, जोरपाटी तरकारी बजार, बल्खु तरकारी बजार लगायतका स्थान डुबानमा परेका छन् । उपत्यकाका करिब ३८५ घर डुवानमा परेको उनले जानकारी दिए । बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजारमा क्षति पुगेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुमा बाढी पहिरोका कारण ९ करोड ५५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । प्राधिकरणका अनुसार भदौ १ गतेदेखि सोमबारसम्म देशभर भएका विपद्का १७१५ घटनामा २३८ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन् । २२२० घरपरिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : २२ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११