विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र « Khabarhub

विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिन्धुपाल्चोकमा यस वर्षको प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।

समितिका आवद्ध अधिकारीले आज सभामुख सापकोटालाई उनको निवासमा भेट गरी मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।

हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षतिसम्बन्धी प्रारम्भिक प्रतिवेदनसहितको पत्रमा पुल, विद्युत्, टेलिफोन सेवा तत्काल सञ्चालन गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधारभूत खानेपानीको व्यवस्थान, नदी तटीय क्षेत्रका बस्ती स्थानन्तरण गर्न अस्थायी आवास निर्माण सामग्रीको उपलब्धतालगायतका विषय समेटिएका छन् ।

ध्यानाकर्षणपत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए । गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् व्यवस्थापन क्षेत्रका विज्ञ, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिए ।

उनले साउन १४ गते गृहमन्त्री बालकृष्ण खाणसँग तत्काल दुईवटा बेलीब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको जानकारी दिए । सभामुख सापकोटाले शुक्रबार ऊर्जामन्त्री पम्फा भुसालसँगको भेटमा बाढीपहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरेका थिए ।

गत असार २ गते सभामुख सापकोटाको उपस्थितिमा मेलम्ची नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट सो क्षेत्रमा बाढी, पहिरोबाट पीडितलाई सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा सर्वपक्षीय सहभागितासहित इन्द्रावती, मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठन भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ३० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को