नवरात्रमा दुर्गाको उपासना गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी तीन कुरा « Khabarhub

नवरात्रमा दुर्गाको उपासना गर्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी तीन कुरा


२२ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिहीबारदेखि बडादशैं तथा नवरात्र शुरु भएको छ । नवरात्रको अवधिभर दुर्गामाताको पूजा आरधाना एवं उपासना गरिन्छ । माता दुर्गालाई शक्ति र उर्जाको रुपमा लिइन्छ ।

नवरात्रिमा पूजा आरधना गर्दा दुर्गा माता प्रसन्न हुने र आर्शिवाद प्राप्त हुने मान्यता रहेको छ । विधिपूर्वक नवरात्रको आराधना गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । नवरात्रमा पूजा र व्रत गर्ने छुट्टै नियम छ । यसकालागि तीन चीजको आवश्यकता पर्छ ।

क) दुर्गा पूजाकालागि रातो रंग निकै महत्वपूर्ण मानिन्छ । नवरात्रको पूजामा सर्वाधिक प्रयोग हुने रातो रंग दुर्गा देवीलाई धेरै मन पर्ने रंग भएको हिन्दुधर्ममा उल्लेख छ । त्यसैले घटस्थापना र माता स्थापना गर्न रातो रंगको कपडाले सजाउने गरिन्छ । यसका साथै रातो रंगको कपडा र सिन्दुरको टीका लगाइन्छ ।

ख) नवरात्रको पूजा आरम्भ गर्नुभन्दा पहिले दुर्गामातालाई रातो रंगको पछ्यौरा पनि चढाउनु पर्दछ । हिन्दु परम्परा अनुसार दुर्गा मातालाई रातो पछ्यौरासँगै सिन्दुर वा श्रृंगारको सामग्री, मेवा, फल, मिष्ठान्न, नरिवल जस्ता चीजहरु चढाउनुपर्छ ।

ग) नवरात्रमा दीप प्रज्वलनको पनि विशेष महत्व छ । अखण्ड ज्योतिबाट घरमा सकारात्मक उर्जा प्राप्त हुने र नकारात्मक उर्जा नाश हुने धार्मीक विश्वास छ । तर अखण्ड ज्योति बाल्दा स्वच्छताको भने ख्याल गर्नु पर्दछ । ज्योति जलाउन पित्तल वा माटोको दीयो प्रयोग गर्ने र गाईको घ्यु हाल्नु पर्दछ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ४५ बजे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री